जब प्रधानमन्त्रीको ट्वीटरबाट सोनिया गान्धीको ट्वीटर स्टाटस रिट्वीट भयो……

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले भारतीय जनता पार्टी नेतृत्वको सरकारको आलोचना गर्दै ट्वीटरमा दिएको स्टाटस नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट रहस्यमय तरिकाले रिट्वीट भयो । जसले गर्दा नेपालभर सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यो चासोको मुद्दा बनेको छ । प्रधानमन्त्री ओलीको ट्वीटरबाट सोनिया गान्धीको ट्वीट रिट्वीट भएको कुरा भुटानी पत्रकार तेन्जिङ लामसाङले लेखेका थिए ।

सोही आधारमा द टेलिग्राफले नेपालका प्रधानमन्त्रीको रिट्वीटको रहस्य भन्दै समाचार नै बनायो । यससँगै प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट गरिएको रिट्वीट हटाइयो । थापाले यसबारे अनुसन्धान भइरहेको पनि जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस