एमसीसी प्रकरण : कार्यान्वयनमा सत्तारुढ दल विभाजित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौँ । अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्यान्वयन गर्ने या नगर्ने भन्ने सम्बन्धमा सरकार र सत्तारुढ दल विभाजित देखिएका छन् । सरकारले एमसीसी इन्डो प्यासिफिक रणनीति (आईपीएस) को अंग नरहेको बताइरहेका बेला सत्तारुढ नेकपामा यसबारे अमेरिकासँग आधिकारिक धारणा माग्नुपर्ने प्रस्ताव आएको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्का । ठमाडौँमा जारी नेकपा स्थायी कमिटी बैठकलाई शनिबार संवोधन गर्दै अध्यक्ष पुष्पकल दााल प्रचण्डले एमसीसी आईपीएसको अंग होइन भनेर अमेरिकाले नै पुष्टी गर्यो भनेमात्रै सम्झौतालाई कार्यान्वयनमा लैजाने प्रस्ताव गरेका छन् ।

दाहालको प्रस्तावमा स्थायी कमिटी सदस्यहरुले सहमति जनाइसकेको र आइतबारको बैठकले त्यसलाई पारित गर्ने बैठक स्रोतले जानकारी दिएको छ । नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसीलाई कार्यान्वयनमा लगेरै छाड्ने अडान लिइरहेका बेला दाहालले यस्तो प्रस्ताव गरेका हुन् । केही दिनयता चलिरहेको बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति छैन । ओली पक्षधर नेताहरु भने कार्यकारी अध्यक्षको भूमिकामा रहेका दाहालले एमसीसीबारे स्पष्ट अडान लिन नसकेको भन्दै असन्तुष्ट छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस