राष्ट्रियसभा निर्वाचनमा ११ दल दर्ता, आगामी माघ ९ गते निर्वाचन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ७, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौँ । माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा भाग लिन निवेदन दिएका छन् । राष्ट्रियसभामा भाग लिन आयोगले आह्वान गरेअनुसार आइतबार अन्तिम दिनसम्म ११ दल आयोगमा दर्ता भएका हुन् ।
प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ पद रिक्त हुने व्यवस्था बमोजिम आगामी माघ २० गतेदेखि १८ निर्वाचित र एक मनोनित गरी १९ पद रिक्त हुँदैछ । उक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले पुस २० गते उम्मेदवारी दर्ताका लागि कार्यतालिका सार्वजनिक गरिसको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दर्ता भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस