एक महिनापछि भारतको पत्र ! कालापानीको विषयमा यस्तो भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ८, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौँ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो । नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको छ ।

पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै रहेको दाबी भारतले गरेको छ । ‘सीमाको ९८ प्रतिशत समस्या समाधान भएको छ, कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार छौँ,’ पत्रमा भनिएको छ । सीमा समस्या समाधानको लागि भारतले वार्ता गर्न सचिव स्तरीय सयन्त्र रोजेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गरेनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस