पौष ८, काठमाण्डौँ । समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई तिहाईको बहुमत गुमाउनु परेको छ । अब सरकारले चाहँदा संविधान संशोधन लगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत नपुग्ने भएको हो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् । समाजवादी पार्टीका १७ जना सांसद छन् । समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र प्राप्त छ ।