कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौँ । नेपाली कांग्रेसले बिहीबार पुस १० गते बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गरी बैठक स्थगित गरेको जानकारी दिएको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसमितिको बैठक २०७६ पुस १० गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७६ पुस ११ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।”

१४ औं महाधिवेशनको कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएपछि बहिष्कारमा उत्रिएको असन्तुष्ट समूहसँग सहमति जुट्न नसकेका कारण बैठक स्थगित गरिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस