पौष १०, काठमाण्डौँ । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो । उनी ५८ वर्षका थिए । तीन दिन अघिदेखि ज्वरो आएर काठमाडौं घरमै आराम गरेका श्रेष्ठलाई बुधबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
शिक्षण अस्पतालमा पुगेकी रामपुरकी स्थानीय सीता डोटेलका अनुसार निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा चिकित्सकहरुले निमोनिया भएको जानकारी गराएका थिए । उनको श्रीमती, तीन छोरी र एक छोरा छन् ।