प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १५, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नु परेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस