एमसिसिलाई प्रस्टयाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २६, शनिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाण्डौ । अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अनुदान स्वरुप उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट सो कार्यक्रममा १३० मिलियन अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नु पर्ने ब्यवस्था रहेको छ । उक्त रकम ऊर्जा र यातायातको विकासका क्षेत्रमा सम्झौता लागू भएको मितिबाट पाँच वर्षभित्र परिचालन गरिसक्नु पर्ने प्रावधान छ ।

सम्झौतामा काठमाडौंको उत्तरपूर्वमा अवस्थित लप्सीफेदीदेखि काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौंडा सम्मको खण्ड, रातमाटेदेखि दमौली सम्मको खण्ड, दमौलीदेखि बुटवल सम्मको खण्ड र बुटवलदेखि भारतको सीमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइनहरु तथा रातमाटे, दमौली र बुटवलमा ३ वटा सबस्टेशन निर्माण गरिने लगायतका विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मत सम्भार गर्ने कार्य समेटिएको छ । एमसीसीको सहायता मार्फत प्राप्त हुने अनुदानमध्ये ३०० किमी प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि करिब ४०० मिलियन अमेरिकी डलर खर्च गरिनेछ ।

सडक तर्फ पूर्व पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दांग जिल्लामा पर्ने शिवखोलासम्म कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । सडक स्तरोन्नतिका लागि करिब ५२ मिलियन अमेरिकी डलर खर्च गरिनेछ । बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल(भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आफ्नो फेसबुक वालमा लेख्छन्प-‘हिले अरूण तेस्रो जलविद्युत आयोजना बनाउनु जस्तै नेपालमा यसरी विद्युत प्रशारण लाइन र सडक पूर्वाधार व्यवस्थित गरिनु त राष्ट्रघात नै हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस