“राष्ट्रको समस्या संघीय सभाबाट समाधान गर्दै अघि बढ्नुपर्छ” : पूर्व राष्ट्रपति यादव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २६, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाण्डौ । पूर्व राष्ट्रपति रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने कुरा उल्लेख गरेका छन् । विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भए मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र संघीय सभामा रहेको उनले बताए ।

३ तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या संघीय सभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए । पूर्व राष्ट्रपति डा यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस