निडर उपसभामुख तुम्बाहाङ्फे, भन्छिन्-“म राजीनामा दिन्न, अडान कायमै छ”

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष २७, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाण्डौ । सत्तारूढ नेकपाले उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिने बताएकी छिन् । उनले कुन दलले के निर्णय गर्‍यो त्यो आफूलाई थाहा नभएको पनि बताइन् ।

आइतवार बस्ने प्रतिनिधिसभाको बैठक संविधानअनुसार आफूले पाएको अधिकार प्रयोग गर्दै अगाडि बढ्ने बताइन् । ‘कुन दलले के निर्णय गर्यो त्यो सबै मलाई थाहा छैन,’ उनले भनिन्,‘संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै म अगाडि बढ्नेछु, म राजीनामा दिन्न ।’ राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस