सभामुख र उपसभामुख हार्दिकतापूर्वक निर्णय हुन्छ : महासचिव पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २७, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पुस २७,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आजको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा उनले सभामुख र उपसभामुखको विषयमा बाहिर देखिएको जस्तो नेकपामा अन्तरविरोध नभएको प्रष्ट पारे । “सभामुख र उपसभामुखको विषयलाई लिएर नेकपामा ठूलो अन्तरविरोध चर्काएर प्वालबाट छिर्ने प्रयास भइरहेको छ”, महासचिव पौडेलले भने, “सभामुख र उपसभामुख चयनका विषयमा हामी छिट्टै हार्दिकतापूर्वक निर्णय गरेर टुङ्ग्याउँछौं  ।”

पार्टी एकता भएपछि दुई पार्टीबीचमा एकता भत्काउन सकिन्छ कि भनेर रङ्गीबिरङ्गी आशङ्का गर्ने गरिएको बताउँदै उनले पार्टीलाई अझ दरिलो र बलियो बनाएर लैजाने विषयमा पार्टीले अभ्यास गरिरहेको स्पष्ट गरे । महासचिव पौडेलले सरकारलाई कुनै पनि रचनात्मक कामका लागि सल्लाहसुझाव दिए पुग्ने उल्लेख गर्दै भने , “विद्यार्थी सङ्गठनले पहिला जस्तो सरकारका विरुद्ध सडक आन्दोलन गर्नुपर्ने अवस्था छैन, रचनात्मक सुझाव सरकारलाई दिँदा हुन्छ ।”

शैक्षिक सुधारका लागि विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका छ भन्दै उनले एकीकृत विद्यार्थी सङ्गठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित्ने गरी लाग्नका लागि अनेरास्ववियुलाई निर्देशन दिए । महासचिव पौडेलले विद्यार्थीको एकता प्रक्रियामा अलि ढिलाइ भए पनि राम्रो समिति आएको बताए । अनेरास्ववियुका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहित ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । महासचिव पौडेलले सो केन्द्रीय कमिटीलाई पद तथा गोपनीयताको शपथसमेत गराएका थिए।

रासस

ताजा अपडेट

खोजी गर्नुहोस