उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको अडान :”राजीनामा दिन्न”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २८, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २८, काठमाण्डौ । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी हुन् ।

दुवै अध्यक्षले शुक्रबार बालुवाटार बोलाएर राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेपछि उनलाई आइतबार दोस्रो पटक बालुवाटार बोलाएर छलफल गरेका थिए । नेकपाको सचिवालय बैठकले शनिबार तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो । तर उनले पार्टी निर्णय आफूलाई थाहा नभएको, आफूले राजीनामा नदिने र संसद् बैठक चलाएर प्रक्रिया अगाडि बढाउने बताएपछि आइतबार उनलाई बालुवाटार निम्ताइएको थियो ।

बालुवाटार पुग्नुअघि तुम्बाहाङफे आइतबार बिहानै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर संसद् बैठक सञ्चालनका लागि गृहकार्य थालेकी थिइन् । १७ पुसदेखि स्थगित संसद् बैठक आइतबारका लागि डाकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस