स्ववियू निर्वाचनको तयारीमा लाग्ने अनेरास्ववियूको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । आउँदो १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्दैै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ ।

आइतबार राष्ट्रियसभा गृहमा उद्घाटन भएको वैठक सोमबार त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा समापन भएको हो । पूर्व एमालेनिकट अनेरास्ववियू र पूर्वमाओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारी एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठक काठमाडौंमा बसेको हो ।

केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियूबाट १ सय ८० जना र पूर्वक्रान्तिकारीबाट १ सय ५५ जना समेटिएका छन् । बैठकले एक महिनाभित्र प्रदेश, जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य भरत घिमिरेले जानकारी दिए ।

उनका अनुसार सोमबारको बैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस