“भीम रावललाई बालुवाटारबाट आएको धम्की निराधार” : मन्त्री बास्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावललाई बालुवाटारबाट धम्की आएको कुरा निराधार भएको बताएका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले पत्रकारलाई उल्टै प्रश्न गरे, “प्रधानमन्त्रीज्यूले कसैको ज्यानै लिने धम्की दिनुहोला , तपाईंलाई पत्यार लाग्छ ?” उनले यसमा सत्यता नरहेको बरु भीम रावलले कुन नम्बरबाट कहाँबाट धम्की आयो भनेर आफैं प्रस्ट पार्नुपर्ने बताए ।

उनले विचारमाथि सहमति, असहमति राख्दैमा कसैको ज्यानै लिने धम्की दिन नमिल्नै बताउँदै बालुवाटारबाट धम्की आएको भन्ने कुरा पत्याउन नसकिने बताएका हुन् । प्रधानन्त्री पनि नेकपाकै र भीम रावल नेकपाकै नेता भएको बताउँदै उनलाई सरकारले पछुवा गाडीसहित सुरक्षाकर्मी उपलब्ध गराइरहेको स्मरण गराए । “प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता मार्न तरबार बोकेर र गोली भिरेर हिँड्नुहुन्छ भन्ने कुरामा कुनै सत्यता छैन,” उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस