निजी आवास हस्तान्तरण : नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट सहभागी हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ३, शुक्रबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । भारतको सहयोगमा पुनर्निर्माण भएका निजी घरहरु हस्तान्तरण हुने भएको छ । नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट हस्तान्तरण कार्यक्रममा सहभागी हुने बताईएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घर हस्तान्तरणको तयारी भइरहेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार २१ जनवरी (७ माघ) मा कार्यक्रमको तयारी भइरहेको हो। भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ । सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् । भारतीय सहयोगमा गोरखामा मात्र २७ हजार घरको पुनर्निर्माण भएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस