सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न काँग्रेसको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ४, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको यही माघ ६ गते बस्ने बैठकलाई नियमित गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।

काँग्रेस संसदीय दलको शुक्रवार बसेको बैठकले गत पुस ४ गतेबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस