राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सोमवार राति १२ बजेबाट शुरू हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनको लागि सोमवार (आज) राति १२ बजेबाट मौन अवधि शुरू हुँदै छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन शुरू हुने ४८ घण्टा अघिबाटै मौन अवधि शुरू हुन्छ ।

मौन अवधि शुरू भएपछि दलहरू वा उम्मेदवारले मतदातासँग मत माग्न वा कुनै पनि माध्यमद्वारा चुनावी प्रचारप्रसार सञ्चालन गर्न पाउने छैनन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले सोमवार राति १२ बजेबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि शुरू हुने जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस