प्रतिनिधिसभाको बैठक आज बस्दै, उपसभामुखबाट राजिनामा आउला त ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो । यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस