“सभामुख पद पाउन प्रधानमन्त्रीसँग कुनै वाचा गरेको छैन”: अग्नि सापकोटा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार चयन गरेका नेता अग्नि सापकोटाले आफूमाथि लागेका अभियोग, आफ्नो भावी भूमिका र अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसी लगायत विषयमा आफ्ना धारणा पनि राखेका छन् ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख उम्मेदवारलाई लिएर रहेको भनिएको लामो मतभेद अन्ततस् सापकोटालाई अघि सार्ने सहमतिका साथ आइतवार टुङ्गो लागेको हो ।

पूर्वमाओवादी नेता सापकोटा नेकपाका स्थायी समिति सदस्य हुन् । अमेरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीप्रति सत्ताधारी दलकै उच्च नेताहरूले गम्भीर आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओली र मन्त्रीहरूले उक्त सम्झौता संसद्‌बाट अनुमोदन गराउने बताउँदै आएका छन् । प्रधानमन्त्रीले त पूर्वसभामुख कृष्णबहादुर महराले त्यसो गर्न असहयोग गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि देखाएका थिए । बिबिसिबाट

ताजा अपडेट

खोजी गर्नुहोस