माघ ६, काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधन प्रति दुख ब्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित पोख्रेलको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको निधनले पार्टी र समग्र राष्ट्रलाई क्षति पुर्याएको बरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुक स्टाटस मार्फत बताएका छन् । बलदेवको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।
प्रदेश ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधन भएको खबरले दुखी बनाएको छ ।
क्यान्सर रोगबाट पीडित पोख्रेलको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार हुँदै रहेको थियो । उहाँको निधनले पार्टी र समग्र राष्ट्रलाई क्षति पुर्याएको छ । बलदेवजीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।