नेकपाको ११ बुँदे आचारसंहितामा “तँ” भन्न नपाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बुँदे आचारसंहिता जारी गरेको छ । आइतबार सत्तारुढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी आचारसंहितामा कसैलाई तँ भन्न नपाइने उल्लेख छ ।

आचारसंहिताको बुँदा नम्बर २ मा लेखिएको छ ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ ।

त्यस्तै नेकपाका सदस्यहरुले अब जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्नेछ। श्रमिकले आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने आचारसंहितामा उल्लेख छ । त्यसोत नेकपाका सदस्यहरुले परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक पनि बस्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस