स्ववियु निर्वाचनको चटारो : अनेरास्ववियूले १५ दिनभित्र सबै उम्मेदवार टुंग्याउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • ५८ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि १५ दिनभित्र उम्मेदवारको टुंगो लाग्‍ने भएको छ । आगामी फागुन १४ गते हुने निर्वाचनका लागि नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (अखिल)का केन्द्रीय सचिव सुदेश पराजुलीले सबै विश्व विद्यालयहरूमा स्‍ववियु उम्मेदवारको टुंगो लाग्‍ने बताए ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने मिति सार्वजनिक गरिसकेको छ । अखिलका सचिव पराजुलीले केन्द्रीय कमिटीको बैठकले पनि निर्वाचनका लागि तीव्र तयारी थाल्ने निर्णय गरेसँगै १५ दिनभित्रमा नेतृत्वकर्ता चुनिने बताए । यही चुनावबाटै विद्यार्थी आन्दोलनको शाख उठाउने उनले बताए । निर्वाचनका लागि सबै विश्वविद्यालयका प्रशासनहरूलाई जानकारी दिएको बताए ।

काठमाडौं विश्वविद्यालयमा अन्योल त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियुको निर्वाचन गर्ने तय गरे पनि काठमाडौं विश्वविद्यालयमा भने स्ववियु निर्वाचनमा अन्योलता देखिएको छ। कर्मचारीहरूले विभिन्न माग राखेर विद्यालयमा ताला लगाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस