सभामुखको निर्वाचन माघ १२ गते

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुराचारको अभियोगमा राजीनामा दिएको चार महिनापछि सभामुख चयन प्रक्रिया अगाडि बढेको हो ।

सोमवारको प्रतिनिधि सभाको दोस्रो बैठकको निर्देशनअनुसार संघीय संसद् सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । सभामुख निर्वाचितथ नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस