सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस