राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु, निर्वाचन केन्द्रित गतिविधि गर्न नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु भएको छ । गएराति १२ बजेबाट शुरु भएको मौन अबधिमा निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारहरुले प्रचारप्रसार, भेला, र्‍याली तथा सञ्चारमाध्यामहरुको प्रयोग गरेर निर्वाचन केन्द्रित गतिविधि गर्न पाउने छैनन् ।

निर्वाचन आयोगले दल दर्तादेखि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने सम्मका कार्य पूरा गरिसकेको जनाएको छ । निर्वाचनकै दिन मतपरिणाम घोषणा गर्ने आयोगको तयारी छ निर्वाचनमा भाग लिन ११ वटा दल दर्ता भएकामा ६ वटा दलले मात्र निर्वाचन चिन्ह पाएका छन् ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल काँग्रेस मुख्य दलको रुपमा देखिएका छन् । १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ । सात वटै प्रदेशमा निर्वाचन हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस