माघ ७, काठमाण्डौ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको भनाई छ । संसद सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाइएको छ ।
आइतबार बसेको सत्तारुढ नेकपाको बैठकले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरेको छैन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएपछि नयाँ सभामुख चयनको प्रकिया अघि बढाउन सजिलो भएको हो । माघ १२ गते दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखका लागि निर्वाचन हुनेछ ।