अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णयमा इन्सेकको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको माघ ५ गते बसेको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गरी कानुनी शासनको सम्मान गर्न माग गरिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सशस्त्र द्वन्द्वकालीन विचराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय देशको कानुन तथा नेपालको मानव अधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकको अभिलेख अनुसार तत्कालीन छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए । कृष्ण मावि, दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएपछि आयोजित स्वागत कार्यक्रममा सरिक भइरहेको बेला माओवादी कार्यकर्ताहरूको अपहरणमा परेका पीडित लामाको २०६२ असार महिनामा माओवादी नियन्त्रणमा नै मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस