माघ ७, काठमाण्डौ । नेकपा सांसद अग्नि सापकोटा निर्विरोध प्रतिनिधिसभाको सभामुख हुने भएका छन् । सभामुखका लागि उम्मेदवारी दिन आज विहान ११ बजेदेखि २ बजेसम्मका लागि छुट्याइएको समयमा उनी बाहेक अन्य कुनै दलबाट उम्मेवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।
संंसद सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनकि गर्दै सभामुख पदमा एक जनाको मात्र उम्मेदवारी परेको जनाएको छ । यद्यपी यसको औपचारिक घोषणा भने प्रतिनिधिसभाको यही माघ १२ गते बस्ने बैठकमा गरिनेछ ।
सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्र्वाचित सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भरोसाका पात्र मानिन्छन् । यौन प्रकरणमा मुछिएर तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि गएको ४ महिनादेखि संसद सभामुख बिहिन छ ।