पार्टीभित्रको विवाद समाधान गर्न कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बेलाएका छन् । बुधबार (आज) अपराह्न ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेताहरुलाई बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।

भानुका अनुसार देउवाले वरिष्ठ नेता पौडेलसँगै उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बोलाएका हुन् । निधि, सिंह र सिटौलाबीच सोमबार पार्टी कार्यालय सानेपामा भएका छलफलले वरिष्ठ नेतासहितको बैठक बेलाउन देउवालाई आग्रह गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस