देउवाद्धारा ११ जना केन्द्रीय सदस्य मनोनित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ११ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि भएको सहमती अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका हुन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) ग बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रामजनम चौधरी कैलाली, मो नसिर सिद्धिकी सिराहा, भारतेन्दुकुमार मल्लीक झापा, हेमराज तातेड सप्तरी, डा गोपाल दहित बर्दिया, मंगलप्रसाद थारु बर्दिया, योगेन्द्र चौधरी दाङ्ग, हरिप्रसाद न्यौपाने ९मोरङ्ग०, सुमित्रा थरुनी सुनसरी, कल्पना चौधरी सुनसरी र पवनकुमार सारडा मोरङ्गलाई मनोनित गरेका हुन्। तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट नाम सिफारिस भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस