होलीमा लोला हान्ने रङ दल्ने काम नर्गन गृह मन्त्रालयको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • ७५ पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भीडभाड बढ्ने कार्यक्रमहरू नगर्न र सहभागी नहुन अनुरोध गरेको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन आमनागरिकले ब्यक्तिगत स्वास्थ्य सतर्कता अपनाउन अनिवार्य भएकाले होली पर्वमा भिडभाड, पानी खेल्ने र रङ छयाप्ने कार्य नगर्न अनुरोध गरे ।

आम नागरिकबीचको आपसी समन्वय, सहयोग र सतर्कताले कोभिड–१९ को संक्रमणलाई नेपाल भित्रिन नदिन सहयोग पुग्ने छ । सरकार पनि संक्रमण भित्रिन नदिन हरेक उपाय अवलम्वन गर्न प्रतिवद्ध रहेको मन्त्रालयद्धारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ संक्रमणका सम्वन्धमा अनावश्यक हल्ला र भ्रम फैलाइ उपभोग्य बस्तुको खरिद र भण्डारणमा कुनै किसिमको हतार नगर्न, कालोवजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइएमा सम्वन्धित निकायमा सम्पर्क गरी गलत कार्यलाई निरुत्साहित गर्न अपिल गरेको छ ।

त्यस्तैं, सार्वजनिक सञ्चार माध्याम र सञ्चारकर्मीहरुलाई पनि सत्य र तथ्यपरक सूचना प्रवाह गरी आम जनमानसमा त्रासदिपूर्ण अवस्था सिर्जना हुन नदिने किसिमको जिम्मेवारी वहन गर्न गृह प्रवक्ता शर्माले आग्रह गरे ।

हाल, नेपालमा कोभिड–१९ को संक्रमण भएका ब्यक्तिहरू पत्ता लागेको छैन । तरपनि यस सम्वन्धमा उत्पन्न गरिएका हल्ला र प्रचारवाजीका पछाडि नलागी कोभिड–१९ रोगको लक्षण र सर्ने अवस्था र बच्ने उपायका वारेमा जानकारी लिन आह्वान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस