नेकपाले भन्यो– बास्कोटाको घरमा बम पड्काउने आतंककारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन २८,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान गराइएको विस्फोटको घटनाको निन्दा गरेको छ। पार्टीले आज एक प्रेस बक्तव्य जारी गर्दै घटना आतंककारी समूहले गराएको टिप्पणी समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ -‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’

घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न पनि नेकपाले सरकारसमक्ष माग गरेको छ ।

पूर्वमन्त्री बास्कोटाको मनोहराफाँटस्थित निवासको कम्पाउन्डभित्र बुधबार बिहान विस्फोट गराइएको थियो । विस्फोटबाट उनको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस