नेकपा स्थायी कमिटीको मत : ‘तारबार लगाएर नेपाल–भारत सीमा सिल गर्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणासमेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राखेका थिए ।

नेपालले कुटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक नदेखिएको उनले बताए । यद्यपि भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको उनले बताए । ज्ञवालीले भने, ‘वार्तामा आउनुपर्छ र आउँछ भन्ने हाम्रो विश्वास छ ।’

बैठकमा नेताहरुले भने नेपाल भारत सीमा सील गरेर तारबार लगाउनुपर्ने बताएका छन् ।

स्थायी कमिटी सदस्यहरु देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाललगायतले तारबार लगाएर सीमा सिल गर्नुपर्ने बताएको स्रोतले बताएको छ । यस्तै अमृत बोहोरालगायतका नेताहरुले सीममा पर्खाल लगाउनुपर्ने बताएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमामा नियमन र नियन्त्रणमा जोड दिए । ‘सबै सीमा खुला राख्नुपर्छ भन्ने होइन । निश्चित विन्दु तोकेर आउजाउमा नियमन र नियन्त्रण गर्नुपर्छ । अन्यत्र तारबार गर्न सकिन्छ’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस