मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछन् । मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँंका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौंँ महानगरका वडा १३, १४ र १५ का पाँच÷पाँच कर्मचारीलाई जग्गा प्रशासन र भू–सेवा सम्बन्धी तालिम प्रदान गरेको छ ।

उक्त पाँचवटा नगरपालिकाका पाँच÷पाँच कर्मचारीलाई तालिमको प्रमाणपत्र प्रदान गरी सेवा स्थानीय तहलाई हस्तान्तरण प्रक्रिया सुरु गरिएको कलङ्की मालपोत कार्यालयले जनाएको छ । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संविधानमा उल्लिखित अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया कलङ्की मालपोत कार्यालयबाट सुरु भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस