साउन ११, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा सर्वसाधारणलाई दुस्ख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् ।
हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् ।