नेकपाको गुटगत भेला ठाउँ-ठाउँमा बस्दै,पेलेरै जाने अडानमा पार्टी अध्यक्ष प्रचण्ड !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १२, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

स्थायी कमिटीको बैठक भोली हुनेमा शंका

साउन १२, काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेपाल कम्युनिस्ट पार्टी नेकपाको गुट भेला बिहानैदेखि शुरु भएको छ । रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको छ । उता प्रधानमन्त्री निवासमा पनि नेकपाका अर्का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिका लागि थुप्रै प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । फलतः अब बहुमतबाट निर्णय गरेरै भएपनि अगाडि बढ्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेको बताइएको छ ।

सोमबार ओली र प्रचण्डबीच छलफल हुने सम्भावना रहेको छ । आपसमा छलफल गर्नुअघि दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस