सुनिल थापासहितका नेताहरू आज काँग्रेस प्रवेश गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण १३, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता सुनिलबहादुर थापाले लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने उद्देश्यले बिना शर्त मङ्गलबार नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको बताए ।
राप्रपासँग सैद्धान्तिक मतभेद भएको र यसका संस्थापक नेता सूर्यबहादुर थापाले अगाडि बढाएको सिद्धान्तलाई पनि छाडेकाले अब काँग्रेसमा प्रवेश गर्न लागेको जानकारी दिए । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय गरिएको बताए । नेता थापासहितका ३० जना नेताहरूले केही दिनअघि राप्रपा त्याग गरेको जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस