साउन १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार पौडेललाई भेट्न राजदूत यान्छी उनकै निवास बोहोराटारमा पुगेकी हुन् ।
पौडेल सचिवालयका अनुसार सयौं वर्ष पहिलादेखिको नेपाल र चीन बीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेट भएको हो ।