नेकपाका १ सय ५२ केन्द्रीय सदस्यले गरे केन्द्रीय कमिटी बैठकको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १४, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सय ५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।

पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्ने समयमा विवाद झनै चुलिँदै गएको भन्दै केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालय धुम्बाराहीमा लिखित पत्र बुझाएका हुन् । पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै उनीहरुले अहिले देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा छलफल गरी विधि पद्धतिअनुसार समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय देखिएको गतिरोध अन्त्यका लागि छलफल आवश्यक रहेकोले बैठकको माग गरिएको केन्द्रीय सदस्य हिमाल शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ । यो व्यवस्थाअनुसार एक चौथाइ सदस्यले बैठक माग गरेको एक महिनाभित्र बैठक बोलाउनुपर्ने हुन्छ । नेकपामा चार सय ४१ केन्द्रीय सदस्य रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस