साउन १७, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका गतिविधिले सर्वत्र चिन्ता पैदा गरेको बताएका छन् । पार्टीभित्रका बहस स्वस्थ हुन नसक्दा चिन्ता पैदा भएको उनको भनाई छ ।
कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीभित्रको बहसले एकतालाई थप मजबुत र सुदृढ बनाउने बताए । अध्यक्ष प्रचण्डले पार्टीमा पदका लागि नभएर विधि र पद्धतिका लागि बहस भइरहेको बताए ।
उनले पदका लागि विवाद भइरहेको भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले पदको लागि छिनाझप्टि नभएर पार्टीको विधि र पद्धतिका बारेमा बहस भएको उल्लेख गरे । उनले अहिले पनि यही विषयमा छलफल भइरहेको बताए । पार्टीभित्र अस्वस्थ बहस भएकै कारण नकारात्मक प्रभाव पर्दै गएको प्रचण्डको भनाइ छ ।