‘प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो ?’ : डा बाबुराम भट्टराई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाण्डौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाभियोग लगाउनुपर्ने बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश ल्याएर प्रधानमन्त्री ओलीले महाभारतका दुर्योधनले द्रौपदीको चीरहरण गरेझैं संविधान र लोकतन्त्रको हुर्मत लिएको डा। भट्टराईको आरोप छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो?’

ताजा अपडेट

खोजी गर्नुहोस