नेकपामा नयाँ सहमति : भदौ २६ गतेको निर्णयकै आधारमा अघि बढ्ने सहमति !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाण्डौ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णयकै आधारमा अघि बढ्ने सहमति भएको छ । स्थायी समितिको बैठक अघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ पछि भएका सबै विवाद अन्त्य भएको घोषणा गर्दै त्यसकै आधारमा अघि बढ्ने सहमति भएको हो ।

दुई नेताबीच भदौ २६ मा फर्किने सहमति भएपछि दाहालले आलीविरुद्ध दर्ता भएको १९ पृष्ठ लामो आरोपपत्र र ओलीले सचिवालयमा पेश गरेका ३८ पृष्ठको जवाफ पनि फिर्ता हुने भएको छ । उक्त निर्णयमा ओली सरकार सञ्चालमा केन्द्रित हुने, दाहालले पार्टी चलाउने, सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णय भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस