नेकपा अर्को बैठक पुस ५ गते, केन्द्रीय कमिटी बैठक १० गते बस्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस २, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते सार्ने सर्वसम्मत निर्णय गरेको छ । सो कुराको जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिए । साथै बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ फिर्ता लिने र हिजो संवैधानिक बैठकमा संवैधानिक नियुक्ति बारे प्रधानमन्त्रीले कुनै सिफारिस नगरेका समेत उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस