नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ३, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाण्डौ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको एक हलमा बैठक बसेको हो । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सरकारले चालेका कदम लगायतका विषयमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

उनले आजको यस बैठकले अध्यादेशका बारेमा र कांग्रेसले आगामी दिनमा अपनाउने रणनीतिका बारेमा निर्णय हुने बताइन् । कांग्रेसले यसअघि नै अध्यादेश फिर्ता लिनु पर्ने माग गरिसकेको छ । त्यसैगरी अध्यादेश फिर्ता नगरेसम्म बोलाइने संवैधानिक परिषद्को बैठकमा सहभागि नहुने जनाइ सकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस