पुस ५, काठमाण्डौ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ७ पुस मंगलबारका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।