पुस ६, काठमाण्डौ । निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘एकै चरणमा चुनाव गराउँदा व्यवस्थापनमा सजिलो हुन्छ र आर्थिक हिसाबले सस्तो पनि पर्न जान्छ भन्ने सल्लाह प्रमुख आयुक्तले दिएका छन् प्रवक्ता श्रेष्ठले भने ।
निर्वाचन आयोग सरकारले भनेकै मितिमा चुनाव गराउन तयार रहेको र सरकारको निर्देशन प्राप्त हुनासाथ तयारी थाल्ने पनि उनले बताए । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते २ चरणमा चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकि छिन् ।