पुस ६, काठमाडौं । तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपाले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् । आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा।मिनेन्द्र रिजालले जानकारी दिए ।
‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो ।
यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले रातोपाटीसँग भने, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’ बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ ।