पुस ७, काठमाडौ । निर्वाचन आयोगले हाल जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगले सोमबार ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो ।