भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेश उत्तम अवसर हो : कमल थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ७, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाडौ । राष्‍ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन् । सामाजिक सञ्‍जालमा थापाले लेखेका छन्, घोडा व्यापार र फोहोरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो । संसद विघटन सम्वन्धी वैधानिकताको परीक्षण, निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने उनको अभिव्यक्ति छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस